९ असार २०७८, बुधबार
गृह नवयुवा क्लवको मिर्गौला पीडितलाई १६ लाख सहयोग
नवयुवा क्लवको मिर्गौला पीडितलाई १६ लाख सहयोग

तनहु । व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई रु.१६ लाख १५ हजार सहयोग गरिएको छ ।

क्लबले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न संस्था, विदेशमा रहेका शुभचिन्तकबाट सो आर्थिक सङ्कलन गरेको बताएको छ।


Facebook Comments

हरेक खबर खास खबर