५ असार २०७८, शनिबार
गृह पहिराले एक वुद्धाको मृत्यु
पहिराले एक वुद्धाको मृत्यु

दमौली। लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुनुहुन्छ।

गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते भएकी थिइन। त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए।


वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए। घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए। चारजना सकुशल रहनुभएको छ । घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ।

Facebook Comments

हरेक खबर खास खबर