४ असार २०७८, शुक्रबार
गृह अर्थमन्त्रीद्धारा आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण शुरु
अर्थमन्त्रीद्धारा आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण शुरु

काठमाडौं। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य बाचन शुरु गरेका छन्।

आर्थिक वर्षका लागि सरकारद्धारा आय व्ययसहितको अनुमानित बजेट सार्वजनिक गर्दै गरेको सरकारले संसद विघटन पछि अध्यादेश मार्फत बजेट ल्याएको हो।


आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गरेकी थिइन्।

संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन्।

Facebook Comments

हरेक खबर खास खबर