५ असार २०७८, शनिबार
गृह आगामी आर्थिक बर्षका लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट
आगामी आर्थिक बर्षका लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आज १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन्।


यो बजेट चालु आर्थिक बर्षको तुलनामा१ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो। चालु आर्थिक बर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।

आगामी आवमा सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षमा ३ खर्ब ४७ अर्ब २६ करोड बराबरको पुँजीगत खर्च हुने भएको छ।

वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ।

तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ।

Facebook Comments

हरेक खबर खास खबर