३१ जेष्ठ २०७८, सोमबार
गृह संवैधानिक इजलासमा संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु
संवैधानिक इजलासमा संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ जारी छ। अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी गरेका छन्।


न्यायाधीश श्रेष्ठ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको फैसला गर्ने दुई न्यायाधीशमध्ये एक हुन्।

शुक्रबार पहिलो दिनको सुनुवाइको बेलामै अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठले इजलास छोड्नुपर्ने आवाज उठाएपछि शुक्रबारको वहश स्थगित भएको थियो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर