४ असार २०७८, शुक्रबार
गृह एमाले स्थायी कमिटी बैठक बस्दै, १२ नेताहरुमाथि होला त कारवाही?
एमाले स्थायी कमिटी बैठक बस्दै, १२ नेताहरुमाथि होला त कारवाही?

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्ने र थप निर्णय लिने कार्यालय सचिव शेरवहादुर तामाङले बताए।


एमालेको अघिल्लो स्थायी कमिटी बैठकले सुरेन्द्र पाण्डे,घनश्याम भुसालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेकोमा उनीहरु कसैले स्पष्टीकरण दिएका छैनन्।

यसअघि माधव नेपाल,झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको एमालेले आज थप नेतामाथि कारवाहीको विषय अघि बढाउने सम्भावना रहेको बताइएको छ।

Facebook Comments

हरेक खबर खास खबर