५ असार २०७८, शनिबार
गृह गाँजासहित एकजना पक्राउ
गाँजासहित एकजना पक्राउ

काठमाडौं। सुनसरीमा १६५ किलो गाँजासहित एकजालाई प्रहरीले पक्राउ गरेको छ।

कोसी गाउँपालिका–८, भान्टाबारी, पानीट्यांकीस्थित सडकबाट १६५ किलो अवैध लागुऔषध गाँजासहित सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको हो।


भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ।

Facebook Comments

हरेक खबर खास खबर