४ असार २०७८, शुक्रबार
गृह प्रतिनिधिसभा विघटन  मुद्दाः संवैधानिक इजलास पुनगर्ठन गर्न प्रधानन्यायाधीश सहमत
प्रतिनिधिसभा विघटन  मुद्दाः संवैधानिक इजलास पुनगर्ठन गर्न प्रधानन्यायाधीश सहमत

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गरेर अघि बढ्न सहमत भएका छन्।
सर्वोच्च बार एसोसिएशनका पदाधिकारीसँग भएको छलफलमा उनले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमति जनाएका हुन्।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदकतर्फका वकिलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च बार एसोसिएशनका पदाधिकारीहरुबीच छलफल भएको थियो।


छलफलमा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत हुनुभएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए। भेटपछि पत्रकारसँग कुरा गर्दै उहाँले आजको बेञ्च स्थगित हुन सक्ने जानकारी दिए।

शाक्यका अनुसार  वरिष्ठताक्रम अनुसार गठन हुने इजलासमा कुनै कारण माथिल्लो वरियताका न्यायाधीशले बस्न अस्वीकार गरेमा अर्को बरिष्ठताक्रम अनुसार गठन गर्न प्रधानन्यायाधीश राणा सहमत भएका हुन्।

यो सहमतिसँगै प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास पुनर्गठन हुने भएको छ।

अबको संवैधानिक इजलास गठन भएमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वरप्रसाद खतिवडा रहनेछन्। नयाँ इनलास जेठ २३ गते तोक्ने पनि बताईएको छ ।

Facebook Comments

हरेक खबर खास खबर