३१ जेष्ठ २०७८, सोमबार
गृह सरकार र थरुहटबीच ६ बुँदे सहमति, होला त रेशम चौधरीको रिहाइ?
सरकार र थरुहटबीच ६ बुँदे सहमति, होला त रेशम चौधरीको रिहाइ?

काठमाडौं। सरकार र थारु कल्याणकारिणी सभा थरूहटरथारुवान संयुक्त संघर्ष समिति बीच ६ बुँदे सहमति भएको छ।

मंगलबार थरूहटरथारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्नेगरि सहमति भएको हो।


आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने र आन्दोलनमा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मूल्याङ्कन गरी क्षतीपूर्ती उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति भएको बताईएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर