४ असार २०७८, शुक्रबार
गृह एमाले स्थायी कमिटी बैठक बस्दै, एकता जोगाउन प्रयास जारी
एमाले स्थायी कमिटी बैठक बस्दै, एकता जोगाउन प्रयास जारी

काठमाडौं। नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ।

अपरान्ह ४ बजे बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने जनाइएको छ।


माधव नेपाल र भीम रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका माधव पक्षीय नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान समेत नेताहरुको छ।

Facebook Comments

हरेक खबर खास खबर