३१ जेष्ठ २०७८, सोमबार
गृह इथियोपियाको युद्धग्रस्त टिग्रे क्षेत्रमा ५२ लाख मानिस भोकमरीको शिकार
इथियोपियाको युद्धग्रस्त टिग्रे क्षेत्रमा ५२ लाख मानिस भोकमरीको शिकार

काठमाडौं। इथियोपियाको युद्धग्रस्त टिग्रे क्षेत्रमा ५२ लाख मानिस भोकमरीको शिकार भएका छन्। विश्व खाद्य कार्यक्रम डब्लुएफपीले २० करोड डलरको तत्काल आवश्यक रहेको जनाइको छ।

स्वट्जरल्याण्डको जेनेभामा बोल्दै विश्व खाद्य कार्यक्रमका प्रवक्ता टमसन फिरीले सो क्षेत्रका मानिस गम्भीर कुपोषण र खाद्य सहायताको आवश्यकता रहेको बताए।


टिग्रेका नागरिकहरुलाई आपतकालीन सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले पनि बताएको छ । सो क्षेत्र विगत ७ महिनादेखि युद्ध जारी छ।

खाद्य कार्यक्रमले १० लाख भन्दा बढिलाई खाना वितरण गरेपनि अपुग भैरहेको जनाइएको छ।

सन् २०१९ को नोबेल शान्ति पुरस्कार जितेका इथियोपियाका प्रधानमन्त्री अबी एहमदले टिग्रे क्षेत्रमा सशस्त्र समुह विरुद्ध हवाई तथा स्थल आक्रमणका लागी सन् २०२० मा सेना परिचालन गरेका थिए।

जारी द्वन्द्वका क्रममा हजारौं सर्वसाधारणले ज्यान गुमाएका छन भने झण्डै २० लाख घरवार विहीन भएको तथ्यांकले देखाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर