५ असार २०७८, शनिबार
गृह किराना, तरकारी, फलफूल पसल र दूध डेरी बिहान कति बजेसम्म खुल्न पाउने?
किराना, तरकारी, फलफूल पसल र दूध डेरी बिहान कति बजेसम्म खुल्न पाउने?

काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधिभर बिहान ९ बजेसम्म खाद्य, तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु र डिपार्टमेन्टल स्टोर खुल्न पाउने भएका छन्।

आज बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै ती पसल खुलाउन दिने निर्णय गरेको हो।


तरकारी तथा फलफुलको थोक बजारमा फुटकर विक्री वितरण नगर्ने निर्णय पनि छ। स्थानीय ढुवानीको हकमा राति ९ बजेदेखि बिहान ९ बजेसम्म मात्र गर्न पाइने भएको छ।

Facebook Comments

हरेक खबर खास खबर