४ असार २०७८, शुक्रबार
गृह चुरे दोहन घर जलाएर खरानीको व्यापार जस्तो: कांग्रेस
चुरे दोहन घर जलाएर खरानीको व्यापार जस्तो: कांग्रेस

काठमाडौं। नेपाली काँग्रेसले सरकारले लिएको चुरे दोहनको मार्ग प्रशस्त गर्ने नीतिको विरोध जनाएको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै काँग्रेसले सरकारको उक्त योजनालाई जनविरोधी र दूरगानमी रूपमा घातक भनेको छ।

चुरे क्षेत्रबाट ढुङ्गा, गिटी बेचेर व्यापार घाटा कम गर्ने सरकारी योजनालाई कांग्रेसले ‘चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै’ भन्दै खरो टिप्पणी गरेको छ।


कांग्रेसले सरकारको यस्तो योजनलाई ‘मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र’ भन्दै फिर्ता गर्न माग गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार जारी गरेको विज्ञप्तिमा विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्दा त्यसले पानीका स्रोतहरू सुक्न थाल्नुका साथै समग्रमा पर्यावरणलाई गम्भीर असर परेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ती होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’

Facebook Comments

हरेक खबर खास खबर