१० असार २०७८, बिहीबार
गृह नेपाली सांगितिक बजारमा राकेश सोनी
नेपाली सांगितिक बजारमा राकेश सोनी

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रका एक गायक तथा म्युजिक एरेन्जर हुन् राकेश सोनी। हालसम्म उनले ४ हजार भन्दा बढि गीतहरूमा एरेन्ज गरिसकेका छन् भने कयौं म्युजिक अवार्डहरू पनि पाइसकेका छन्।

बाग्लुङको भुकुन्डे घर भएका सोनीले २०६४ सालबाट सांगीतिक यात्रा शुरु गरेका थिए। उनले हालसम्म राष्ट्रपति म्युजिक अवार्ड, राष्ट्रिय संगितकर्मी संघ अवार्ड, ज्योति फिल्म अवार्ड लगायत विभिन्न अवार्डहरू हात पार्न सफल भएका छन्।


उनले हालसालै चर्चित गीत सेतो क्रिमले बाट ज्योती फिल्म अवार्ड हात पारिसकेका छन्।

जसमा भोजराज काफ्ले र पार्वती कार्कीले स्वर दिएका छन्।
उनी आफैले पनि ट्यानसन फ्रि छ, जति छेक मलाई, पासपोर्ट, आई एम सरी लगायतका गीतहरूमा स्वर दिएका छन्।

उनले एरेन्ज गरेका बोतलको पानीले, माछा तारेको, एकादशी बजारमा, रातो क्रिमले, कोइली चरी, साइकल किन्न जाम लगायतका गीतहरू बजारमा चर्चित छन्।

Facebook Comments

हरेक खबर खास खबर