५ असार २०७८, शनिबार
गृह ओलीले प्रस्ताव गरेका मन्त्रालयमा चित्त नबुझेपछि फेरि महन्थ ठाकुर बालुवाटारमा
ओलीले प्रस्ताव गरेका मन्त्रालयमा चित्त नबुझेपछि फेरि महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका मन्त्रालयमा चित्त नबुझेपछि महत्त्वपूर्ण मन्त्रालय दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर आज फेरि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी गरेको जसपाले प्रधानमन्त्रीले प्रस्ताव गरेका मन्त्रालय हेरफेरको माग गरेको छ।


जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्यन, खानेपानी तथा सरसफाइ, भूमिसुधार, श्रम तथा रोजगार, महिला बालबालिका तथा जेष्ठ नागरिक, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय लिन प्रस्ताव गरेका छन्।

पार्टीका शीर्ष नेताको व्यवस्थापनका लागि अहिले प्रस्ताव गरिएका मन्त्रालयमा असन्तुष्टि बढेकाले महत्त्वपूर्ण मन्त्रालय माग्न ठाकुर बालुवाटार पुगेका जनाइएको छ।

Facebook Comments

हरेक खबर खास खबर