३१ जेष्ठ २०७८, सोमबार
गृह आजै मन्त्रीमण्डल पुर्नगठन हुँदै, जसपाका को को बन्दैछन् मन्त्री?
आजै मन्त्रीमण्डल पुर्नगठन हुँदै, जसपाका को को बन्दैछन् मन्त्री?

काठमाडौं। केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् आज नै मन्त्रीपरिषद् पुर्नगठन गर्ने तयारी गर्नुभएको छ। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका ५ नेताहरुसहित मन्त्रीमण्डल पुर्नगठन हुने र आजै सपथ खुवाउने तयारी भइरहेको बताईएको छ।

तर राष्ट्रपति कार्यालय शपथ गराउने विषयमा अनविज्ञ रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रशाद घिमिरेले खासखबरलाई जानकारि दिए।


सपथ गराउने बिषयमा कुनैपनि जानकारि नआएको तर सपथ गराउनुपर्ने भएमा कार्यालय तयारी अवस्थामा रहेको पनि उनको भनाई छ।

आज पुनर्गठन हुने मन्त्रिपरिषद्मा राजेन्द्र महतो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, शरतसिंह भण्डारी जलस्रोत तथा सिँचाई मन्त्रालयमा, अनिलकुमार झा शहरी विकास मन्त्रालयमा, विमल श्रीवास्तव खानेपानी मन्त्रालयमा र उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्रालयमा जाने गरी तयारी रहेको छ।

यसअघि ठाकुर नै उपप्रधानमन्त्री हुने चर्चा भएपनि त्यो बिषयमा भने छलफल भइरहेको बताईएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर