४ असार २०७८, शुक्रबार
गृह देशभर थप ६६५३ जनामा संक्रमण पुष्टि
देशभर थप ६६५३ जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ। सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन्।


यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन्। कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ।

Facebook Comments

हरेक खबर खास खबर