९ असार २०७८, बुधबार
गृह भीम रावलको आक्रोशः ओलीले राष्ट्रघाती काम गरे, आवश्यक पाइला चाल्ने स्थितिमा पुगेका छौं
भीम रावलको आक्रोशः ओलीले राष्ट्रघाती काम गरे, आवश्यक पाइला चाल्ने स्थितिमा पुगेका छौं

काठमाडौं। नेकपा एमाले स्थायी कमिटि सदस्य भीम रावलले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्णायक कदम चाल्ने अवस्थामा पुगेको बताएका छन्।

पार्टीको साधारण सदस्यबाट निष्कासित गरिएका रावलले संविधान संशोधनका लागि कार्यदल गठन गर्नु र मन्त्रीपरिषद विस्तार गर्नु राष्ट्रघात भएको आरोप लगाएका हुन्। ट्वीटरमार्फत आफ्नो विचार सार्वजनिक गर्दै रावलले ओलीले संविधान विपरित काम गरिरहेको आरोप लगाएका हुन्।


उनले भनेका छन् ,’कामचलाउ प्रधानमन्त्रीको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा छ,’ उनले भनेका छन्।

ओलीले लोकतान्त्रिक पार्टीको सिद्धान्त विपरितका गतिविधि जारी राखेको भन्दै रावलले आक्रोश व्यक्त गरेका हुन्। उनले ओलीविरुद्ध आवश्यक पाइला चाल्ने स्थितिमा पुगेकोसमेत उल्लेख गरेका छन्।

‘यसप्रकारका राष्ट्रघाती, जनघाती, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितिमा पुगेका हौं,’ रावलको भनाई छ।

Facebook Comments

हरेक खबर खास खबर