४ असार २०७८, शुक्रबार
गृह काठमाडौं महानगरपालिकाका सबै वडामा कोभिडको खोप केन्द्र सञ्चालन गर्ने
काठमाडौं महानगरपालिकाका सबै वडामा कोभिडको खोप केन्द्र सञ्चालन गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोरोना विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ।


यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो।

Facebook Comments

हरेक खबर खास खबर