३१ जेष्ठ २०७८, सोमबार
गृह देशभर ५०४२ संक्रमित थपिँदा ८ हजार बढी निको भए
देशभर ५०४२ संक्रमित थपिँदा ८ हजार बढी निको भए

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन्। पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो। जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।


यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ। यस्तै निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ। यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ७९९ पुगेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर