४ असार २०७८, शुक्रबार
गृह वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन, यी हुन् संसद विघटनविरुद्धको मुद्दा हेर्ने न्यायाधीश
वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन, यी हुन् संसद विघटनविरुद्धको मुद्दा हेर्ने न्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन्। इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्।

प्रतिनिधि सभा विघटनका विरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न यसअघि वरियता मिचेको भन्दै इजलास विवादित भएपछि नयाँ इजलास गठन गरिएको हो।
न्यायाधीश हरिकृष्ण कार्की तेस्रो वरियतामा रहेपनि गत पुसमा प्रतिनिधिसभा विघटनपछिको मुद्दा सुनुवाइका क्रममा उहाँ सम्मिलित इजलासमा कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए।


प्रधानमन्त्री ओली नेतृत्वको सरकारका महान्यायाधिवक्ता भइसकेका व्यक्ति उहाँ विरुद्धको मुद्दाको सुनुवाइमा न्यायाधीश भएको भन्दै कार्कीको भूमिकामा प्रश्न उठेको थियो ।

यस्तै चौथो वरियतामा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोनाका कारण घरमै उपचारमा रहेकाले त्यसपछिका न्यायाधीश भट्टराईलाई इजलासमा पठाइएको सर्वोच्च अदालतले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर