४ असार २०७८, शुक्रबार
गृह जसपाका दुवै पक्षलाई कारवाही गरेको कागजपत्र साँझसम्म बुझाउन निर्वाचन आयोगको ताकेता
जसपाका दुवै पक्षलाई कारवाही गरेको कागजपत्र साँझसम्म बुझाउन निर्वाचन आयोगको ताकेता

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आज साँझसम्म बुझाउन निर्वाचन आयोगले निर्देशन दिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै समूहलाई कारबाहीसम्बन्धी कागजात बुझाउन आजसाँझ सम्मको म्याद दिएका हुन्।


जसपाका दुवै पक्षले बुझाएको पत्रमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचा नपुगेको भन्दै अनुसूची १८ को फाराम भरेर बुझाउन समयसीमा दिएको आयोगले जनाएको छ।

आयोगले बुधबार दुवै पक्षले पठाएका पत्र कानुन बमोजिम नभएका भन्दै खारेज गरेर राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको फाराम भरेर बुझाउन निर्देशन दिएको थियो।

यादव समूहले भने आयोगले पठाएको पत्र बमोजिमका कागजात बिहीबार नै बुझाएको छ।

ठाकुर समूहलाई आयोगले केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयको हस्ताक्षरसहितको माइन्यूट र अनुसूची १८ अनुरुपको फाराम भरेर पठाउन भनेको थियो।

तर, उसले अहिलेसम्म नबुझाएपछि आयोगले ताकेता गरेको हो। यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर