४ असार २०७८, शुक्रबार
गृह कर्णाली सरकारमा कांग्रेसबाट दुई मन्त्री थपिए, आजै सपथ
कर्णाली सरकारमा कांग्रेसबाट दुई मन्त्री थपिए, आजै सपथ

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर मन्त्रीपरिषद् हेरफेर गरेका छन्।
नेपाली कांग्रेसको तर्फबाट कर्णाली सरकारमा दुई मन्त्री थपिउका छन्।

सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठ नियुक्त भएका हुन्। उनीहरु दुवै जनाको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो दुई बजे गर्ने तयारी छ।


एमालेले माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो।

साथै एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो। फ्लोर क्रस गर्ने चार मध्ये तीन जना अहिले सरकारमा मन्त्री छन्।

Facebook Comments

हरेक खबर खास खबर