९ असार २०७८, बुधबार
गृह इङ्ल्याण्डको रक्षापंक्ति घेरामा आर्नोल्डको ठाउँमा बेन
इङ्ल्याण्डको रक्षापंक्ति घेरामा आर्नोल्डको ठाउँमा बेन

काठमाडाै । इङ्ल्याण्डले डिफेन्डर बेन व्हाइटलाई यूरो कप २०२० खेल्ने टिममा समावेश गरेको छ । इङ्ल्याण्डले डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको स्थानमा बेनलाई टिममा बोलाएको हो ।

तिघ्राको चोटका कारण राइट ब्याक आर्नोल्डले यूरो कप गुमाउने भएपछि बेनले मौका पाएका हुन् । ब्राइटनका सेन्टर डिफेन्डर बेन अन्तिम ३३ टिमबाट बाहिरिएका थिए । गत बुधबार राति अष्ट्रियासँगको मैत्रीपूर्ण खेलमा आर्नोल्डले चोट बोकेका थिए ।


लिभरपुलका डिफेन्डरसमेत रहेका आर्नोल्ड करिब ६ हप्ता मैदान बाहिर रहने छन् । ‘मिनी विश्वकप’ को रुपमा परिचित यूरो कप अर्थात् युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ ९जेठ २८ देखि असार २७ गते० सम्म आयोजना हुँदैछ ।

सन् २०२० मै हुनुपर्ने यूरोकप विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण एक वर्षपछि हुन लागेको हो । यूरोकपको १६औं संस्करण यूरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदैछ । यूरोकप प्रारम्भ भएको ६० वर्षको अवसरमा यो प्रतियोगिता धेरै वटा देशमा आयोजना गर्न लागिएको हो । यस पटक सीमित दर्शकबीच खेल हुनेछ ।

Facebook Comments