९ असार २०७८, बुधबार
गृह प्रेम असफल भएपछि लेडि किलर बनिन् यी बेलायती महिला
प्रेम असफल भएपछि लेडि किलर बनिन् यी बेलायती महिला

लण्डन | बेलयातमा एउटा सीरियल किलरको डरलाग्दो कथाको समाप्तिले मानिसहरुलाई ठूलो राहत पुगेको छ । बेलायतभरी धेरैको हत्या गरेर सनसनी फैलाउनुको पछाडि जसको हात थियो, ती एक महिला थिइन्, जसलाई लेडी किलरको रुपमा चिनाइएको छ । प्रहरीको अनुसन्धानमा ती सिलियल किलरको बारेमा आश्चर्यजनक कुराहरुको खुलासा भएको छ । बेलायती पत्रिका द सनको रिपोर्ट अनुसार अपराधको संसारमा धेरै अगाडि पाइला बढाएकी ती महिलाको नाम जोआना डेनी हो । ती लेडी सीरियल किलर एक जना पुरुष जेल अधिकारीको सम्पर्कमा भएको कुरा समेत भर्खरै खुलासा भएको छ । उनले केवल पुरुषहरुलाई नै आफ्नो निशाना बनाउने पनि पत्ता लागेको छ । डेनी १६ वर्षको उमेरमा घरबाट भागेकी थिइन् ।

त्यसपछि उनी कहिले घर फर्किनन् । सन् २०१३ मा पनि उनीमाथि हत्याको आरोप लागेको थियो । डाक्टरहरुले उनलाई मनोरोगी, समाजको दुश्मन र विचारमा अस्थिरता भएको महिला उपाधि दिएका थिए । डेनी कुनै बेला एउटा पुरुषलाई धेरै प्रेम गर्थिन् र उनीसंग विवाह गर्न चाहन्थिन् । प्रहरीले गरेको अनुसन्धानमा उनको प्रेम जीवनलाई उल्लेख गर्ने केही प्रेमपत्रहरु फेला परेका थिए ।


अहिले ३८ वर्षीया डेनी सरे काउन्टीस्थित ब्रन्जफील्ड जेलमा सजाय काटिरहेकी छिन् ।यो क्षेत्र उनको सम्पर्कमा रहेका जेल अधिकारीको घरभन्दा करिव १५ किलोमिटर टाढा छ ।लेडी किलरले कुनै समयमा एक जना महिलालाई पनि प्रेम गरेको कुराले उनी कतिसम्म सन्की स्वभावकी छिन भन्ने कुरा अनुमान गर्न सकिन्छ ।ृनले केही समयअघि मात्र पिटर्सबर्गमा तीन जना मानिसको हत्या गर्नुको साथै अन्य दुई जनालाई चक्कु हानेर घाइते बनाएकी थिइन् ।

अहिलेसम्म प्रहरीले उक्त घटनामा आफ्नो चार्जशीट दर्ता गरेको छैन । डेनीको घरबाट प्राप्त पत्र र अन्य दस्तावेजहरुको अनुसन्धान पूरा भएपछि अदालतमा विष्तृत विवरणसहित उजुरी दर्ता गरिने बताइएको छ । यसैबीच, डेनीलाई अदालतले आजीवन कारावासको सजाय सुनाइएको छ । यही क्रममा उनी कहिले पनि जेलबाट बाहिर निस्कन सकिदनन भन्ने अपेक्षा छ ।

Facebook Comments