४ असार २०७८, शुक्रबार
गृह कांग्रेसले सुदूरपश्चिम सरकार ढल्न नदिने- कम्युनिस्टकै बहुमत पुगे ‘नो भोट’
कांग्रेसले सुदूरपश्चिम सरकार ढल्न नदिने- कम्युनिस्टकै बहुमत पुगे ‘नो भोट’

धनगढी। माओवादी नेतृत्वको सुदूरपश्चिम नेपाली काँग्रेसले टिकाउनमा सहयोग गर्ने भएको छ।

आज बसेको संसदीय दलको बैठकले आज विश्वासको मत दिने बेला ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेको छ।


कांग्रेस ससदीय दलका प्रमुख सचेतक टेकवहादुर रैकाले सरकार जसरी पनि टिकाउने निर्णय भएको बताए। यसअघि कांग्रेस बैठक चलिकरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्ट र एमाले संसदीय दलका नेता प्रकाश शाह पनि पुगेका थिए।

सोमवार कांग्रेस सभापति शेरवहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित नेता माधवकुमार नेपालबीच छलफल भएको थियो।

Facebook Comments

हरेक खबर खास खबर