५ असार २०७८, शनिबार
गृह सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतमा मतदान प्रक्रिया सुरू
सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतमा मतदान प्रक्रिया सुरू

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन सांसदसँग आह्वान गरेका छन्। आजको प्रदेशसभा बेठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत मागेका हुन्।

अहिले प्रदेशसभामा मतदान भइरहेको छ। बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए।


‘सुदूरपश्चिममा ठूला-ठूला काम गर्नुपर्ने छ, यसका लागि संघीय सरकारसँग साझा संकल्पसहित सदनलाई एकतावद्ध गरेर अघि लिएर जान प्रतिवद्ध छु’ उनले भने।

आफूले कुनै दल विशेषलाई नभएर सबैसँग मत मागेको उनको भनाइ छ।

Facebook Comments

हरेक खबर खास खबर