१० असार २०७८, बिहीबार
गृह पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ युट्युवमा पुन फर्कियो
पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ युट्युवमा पुन फर्कियो

काठमाडौं। चर्चित गायक पशुपति शर्माले गाएको गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा फर्किएको छ। दुईवर्षअघि युट्युवमा प्रिमियर भएको यो गीत राजनीतिक दबाबकै कारण गायक शर्माले युट्युवबाट हटाएका थिए।

यसैसाता उनले आफ्नो युट्युव च्यानलमार्फत उक्त गीत पुनः सार्वजनिक गरेका छन्। त्यतिबेला गीत सार्वजनिक भएपछि सत्तामा रहेको दल नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को आलोचना गर्दै विरोध जनाएपछि गीत हटाएका थिए।


 

 

 

Facebook Comments

हरेक खबर खास खबर