३१ जेष्ठ २०७८, सोमबार
गृह विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भन्छन् – गणतन्त्रको जित भयो
विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भन्छन् – गणतन्त्रको जित भयो

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेलगत्तै संघीय लोकतान्त्रिक गणतन्त्रको जित भएको बताए। सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यसको थप संस्थागत विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन््।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको जित भएको छ र थप संस्थागत विकास गर्न यो विश्वासको मत प्राप्त भएको हो’ उनले भने। आगामी दिनमा समग्र विकास निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो


नयाँ संरचनासहितको पहिलो अनुभव भएकोले ३ वर्ष गरेका कामको परिणाम आउन बेला भएको भन्दै मुख्यमन्त्री भट्टले अझै थप परिणाममुखी काम गर्ने बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर