१० असार २०७८, बिहीबार
गृह अक्सिजनको खाली सिलिन्डर उद्योगमा पुर्याइदिनुः स्वास्थ्य मन्त्रालय
अक्सिजनको खाली सिलिन्डर उद्योगमा पुर्याइदिनुः स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका खाली सिलिन्डरहरु व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएको भन्दै ती सिलिन्डर उद्योगसम्म पुर्यादिन आग्रह गरेको छ।

विभिन्न कारणले व्यक्तिका घर, टोल, विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा पुगेका सिलिन्डर अक्सिजन भर्न समयमा नै उद्योगहरुमा नपुग्दा अक्सिजन आपूर्तिमै समस्या हुने भन्दै मन्त्रालयले उद्योगमा पुर्याइदिन आग्रह गरेको हो।


‘ती सिलिन्डरहरु समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिहरुलाई अप्ठेरो पर्न जान्छ’ मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ ‘जुनसुकै व्यक्ति, संस्था, निकायहरुले जुनसुकै बहनामा लैजानुभएका अक्सिजन सिलिन्डरहरु यथासक्य चाँडो जुन उद्योगको सिलिन्डर हो, सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ।’

Facebook Comments

हरेक खबर खास खबर