१० असार २०७८, बिहीबार
गृह देशभर थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ५,१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ वटा पीसीआर र ५,६११ वटा एन्टीजेन नमुना परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन्।


मन्त्रालयका अनुसार कोभिडको कारण मृत्यु हुनेको कूल संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ।

मंगलबार ६,५७० जना निको भएका छन्। निको हुने दर ८४.७ प्रतिशत पुगेको छ।

Facebook Comments

हरेक खबर खास खबर