५ असार २०७८, शनिबार
गृह प्रदेश २ मा भागबण्डाका लागि मन्त्रालय फुटाइदैः ४ मन्त्रालय थप्ने तयारी
प्रदेश २ मा भागबण्डाका लागि मन्त्रालय फुटाइदैः ४ मन्त्रालय थप्ने तयारी

काठमाडौं। प्रदेश २ मा जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली काँग्रेसबीच सत्ता सहकार्यका लागि सहमति भएको छ।
सहमतिसँगै अब प्रदेश २ मा जसपा (यादव पक्ष) नेतृत्वको सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ।

मन्त्रालयका बिषयमा भने छलफल भइनसकेको तर अनौपचारिक छलफल आज पनि जारी रहने नेपाली काँग्रेसका सांसद रामसरोज यादवले जानकारि दिए।


प्रदेश २ सरकारमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छन्।

ती मध्ये अब कांग्रेस र माओवादी केन्द्रलाई दिन चार वटा मन्त्रालय टुक्र्याएर १० पु¥याउने तयारी भएको यादवले जानकारि दिए।

सामाजिक विकास मन्त्रालयलाई टुक्र्याएर नया मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य बनाइने तयारी भएको छ। महन्थ ठाकुर पक्षलाई हटाउँदा भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्री बिहीन छन् । बर्खास्त गरिएका अरु राज्यमन्त्री छन्।

जसपाभित्र विवाद बढेपछि प्रदेश सरकारलाई सुरक्षित राखिराख्न यादव पक्षले काँग्रेस र माओवादीसँग सत्ता सहकार्यको हात अघि बढाएको हो ।

Facebook Comments

हरेक खबर खास खबर