५ असार २०७८, शनिबार
गृह संवैधानिक इजलास सुरुः इजलासबाट न्यायाधीशलाई भगाउने कोसिस नगर्न आग्रह
संवैधानिक इजलास सुरुः इजलासबाट न्यायाधीशलाई भगाउने कोसिस नगर्न आग्रह

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास सुरु भएको छ । आइतबार न्यायाधीशका विषयमा प्रश्न उठेपछि स्थगित भएको संवैधानिक इजलास सोमबार र मंगलबार बस्न नसकेको इजलास आजबाट शुरु भएको हो ।

बहुमतीय दाबीअनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने, प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्ने रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको थियो । आजको इजलास शेरबहादुर देउवासहितको निवेदनकबाट सुरु भएको छ ।


यसैबीच प्रतिनिधिसभा विघटनका मुद्दा सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासबाट न्यायाधीशलाई भगाउने कोसिस कतैबाट नहोस् भनेर सचेत गराइएको छ ।

न्यायाधीश ईश्वर खतिवडाले संवैधानिक इजलासबारे उठेका प्रश्नले धेरै अनुभव प्राप्त भएको भन्दै आगामी दिनमा यस्ता कुरा नउठाउन रिट निवेदक र विपक्षीलाई आग्रह गरेका हुन्।

संवैधानिक इजलासलाई लिएर महान्यायाधिवक्ता रमेश बडाल र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले यसअघि न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाएका थिए।

Facebook Comments

हरेक खबर खास खबर