१० असार २०७८, बिहीबार
गृह सिद्धबाबाको डाँडा काटिँदैन: अर्थमन्त्री पौडेल
सिद्धबाबाको डाँडा काटिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने स्पष्ट परेका छन्।

बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र बालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको बहस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने स्पष्ट पारेका हुन्।


सिद्धबाबाको डाँडा काटेर त्यहाँको यात्रालाई सहज बनाउन आफुलाई सुझावहरु आएको भएपनि आफुले त्यसको विरोध गरेर चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गरेको उनको भनाई छ।

चुरेको दोहन र उत्खननबाट बचाउनको निम्ति र यात्रालाई सुरक्षित गराउनको निम्ति सुरुङ मार्गको निर्माण गरिएको पनि उनले बताए । चुरेको दोहन रोक्ने र खानीजन्य सामग्री त्यहाँबाट नहटाउने मान्यताका साथ सुरुङमार्ग निर्माण भएको मन्त्री पौडेलले बताए।

उनले भने– ‘कतिपय व्यक्तिहरुले सिद्धबाबाको डाँडासम्म परेर माटो, ढुंगा हटाएर त्यहाँको यात्रालाई सुरक्षित गर्न सकिन्छ भनेर कतिपयले सुझाव नदिएका होइनन् । तर म स्वयंले त्यो डाँडाको खानीजन्य पदार्थलाई निष्काशन गर्ने कुराको सख्त विरोध गरे । चुरेको संरक्षणको महत्वलाई मैले स्थापित गर्ने पहल गरें। र सिद्धबाबाको डाँडा खनेर यात्रा सुरक्षित गर्ने होइन, त्यहाँ सुरुङ मार्गको व्यवस्थित प्रवन्ध गरेर, चुरेको दोहन, उत्खननबाट हामीले जोगिनु पर्दछ भन्ने मान्यताका साथ त्यसका निम्ति सिद्ध बाबामा सुरुङमार्ग निर्माण गर्दैछौँ ।’

Facebook Comments

हरेक खबर खास खबर