४ असार २०७८, शुक्रबार
गृह एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक पुनः स्थगित
एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक पुनः स्थगित

सुर्खेत। नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक बुधबार पनि स्थगित भएको छ। बुधबार बसेको आठौँ अधिवेशनको दोस्रो बैठकमा पनि एमालेका सांसदले उभिएर विरोध जनाएका थिए।

बैठक अघि बढाउनका लागि सभामुख राजबहादुर शाहीले पटक–पटक आग्रह गरे पनि अवरोध जारी भएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ।


त्यसअघि बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आलोचना गरेका थिए।

एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापालाई बर्खास्त गर्न माग राखेर बैठक अवरुद्ध गर्दै आएको छ।

Facebook Comments

हरेक खबर खास खबर