४ असार २०७८, शुक्रबार
गृह प्रदेश २ सरकारमा काँग्रेस पनि सहभागीः ३ मन्त्रीले आजै शपथ लिने
प्रदेश २ सरकारमा काँग्रेस पनि सहभागीः ३ मन्त्रीले आजै शपथ लिने

काठमाडौं। प्रदेश २ को सरकारमा नेपली कांग्रेस पनि सहभागी हुने भएको छ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको सत्ता पक्षका वार्ता समिति सदस्य भूमि, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले जानकारी दिए।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो।

कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

तीनै जना मन्त्रीले बुधबार नै सपथ लिने तयारी भएको छ।

Facebook Comments

हरेक खबर खास खबर