४ असार २०७८, शुक्रबार
गृह गण्डकी प्रदेशसभाकी उपसभामुख घाइते
गण्डकी प्रदेशसभाकी उपसभामुख घाइते

पोखरा। गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्मा घाइते भएकी छन्। पोखरा महानगरपालिका –२१ स्थित फोक्सिङमा निर्माणाधीन ढलान बाटोको अनुगमन गर्ने क्रममा ढलान पाइप अचानक उछिट्टिएर लाग्दा उपसभामुख शर्मा घाइते भएकी हुन्।

पाइप उछिट्टिएर घाइते भएका उपसभामुख शर्मा र रसाइलीलाई दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको थियो।


ढलान बाटो अनुगमनका क्रममा उपसभामुख शर्मासहित बाटो उपभोक्ता समितिका अध्यक्ष गौतम रसाइली पनि घाइते भएको उपसभामुख शर्माका स्वकीय सचिव प्रकाश शर्माले जानकारी दिए।

उपचारका लागि अस्पताल पुगेकी उपसभामुख शर्मा सामान्य उपचारपछि घर फर्किएकी छन्। उपभोक्ता समितिका अध्यक्ष रसाइलीको खुट्टा भाँचिएकाले अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments

हरेक खबर खास खबर