५ असार २०७८, शनिबार
गृह प्रतिनिधिसभा विघटन मुद्दाः असारभित्रै फैसला, बहसका लागि ३२ घण्टामात्र
प्रतिनिधिसभा विघटन मुद्दाः असारभित्रै फैसला, बहसका लागि ३२ घण्टामात्र

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा रिट निवेदकका पक्षबाट कानून व्यवसायीले अधिकतम १२ घण्टा सयम बहसका लागि पाउनेछन् । त्यसमा सरकार पक्षले प्रत्युत्तर बहसका लागि ३ घण्टा समय पाउनेछ।

सरकारी वकीलहरुसहित सरकार पक्षका सबै कानून व्यवसायीका लागि अदालतले १५ घण्टा बहसको समय तोकेको छ।


महान्यायाधिवक्ता रमेश बडालले अघिल्लो विघटनको बेला सरकार पक्षलाई समय कम दिइएकोमा अशन्तुष्टि जनाएपछि यसपटक सरकार पक्षलाई प्रत्युत्तरसहित १८ घण्टा समय दिइएको छ।

एमिकस क्युरीका चार जनाले बढीमा आधा घण्टा समय पाउनेछन्। त्यसो गर्दा २ घण्टा एमिकस क्युरीले पाउनेछन्। मुद्दाको फैसला असार तेस्रो साताभित्रै फैसला आउने भएको छ।

यो मुद्दालाई चाँडो किनारा लगाउनु आवश्यक हुँदा निरन्तर सुनुवाइ प्रक्रिया अपनाइने भएको छ।

Facebook Comments

हरेक खबर खास खबर