४ असार २०७८, शुक्रबार
गृह भदौमा महाधिवेशन हुनेमा संका नगर्न देउवाको आग्रह
भदौमा महाधिवेशन हुनेमा संका नगर्न देउवाको आग्रह

काठमाडौं। नेपाली काँग्रेसका सभापती शेर बहादर देउवाले तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन गराउन आफु प्रतिवद्द रहेको बताएका छन्।

देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गरेका हुन्। बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै तयारी पूरा गरिने बताएका हुन्।


‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। यसमा म पूर्ण प्रतिबद्ध छु। पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्रै नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान हो’, देउवाले भनेका छन्।

कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्तिप्रति देउवाले आपत्ति समेत जनाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर