१० असार २०७८, बिहीबार
गृह कर्णालीमा प्रदेशसभा बैठक सुचारु गर्न सत्तापक्ष र प्रतिपक्ष सहमत
कर्णालीमा प्रदेशसभा बैठक सुचारु गर्न सत्तापक्ष र प्रतिपक्ष सहमत

काठमाडौं। कर्णालीमा प्रदेशसभाको बैठक सुचारु गर्न सत्तापक्ष र प्रतिपक्ष सहमत भएका छन्। फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मर बहादुर थापा सदनमा उपस्थित भएकोमा विरोध गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको नेकपा एमालेको माग सम्वोधन गर्न कर्णली सरकार तयार भएको हो।

सत्तापक्ष र प्रतिपक्षबीच आज लिखित सहमति हुने स्रोतले जानकारी दिएको छ। मन्त्री थापाको बर्खास्तीको माग गरी एमालेले प्रदेशसभाको आठौं अधिवेशन सुरु भएको पहिलो दिन जेठ २४ गतेदेखि नै संसद अवरुद्ध गरिरहेको थियो ।


जेठ २४ गते बसेको सर्वदलीय वैठकमा सत्तापक्षले जेठ ३० गतेसम्म मन्त्री थापालाई सदनमा उपस्थित नगराउने मौखिक प्रतिवद्धता जनाएको थियो । जेठ २५ गतेको वैठकमा लिखित रुपमा सहमति गर्नुपर्ने एमालेको माग सत्तापक्षले अस्वीकार गर्दा सहमति भाँडिएको थियो ।

२६ गते बसेको वैठकमा पनि सत्तापक्ष सहमति गर्न इच्छुक नदेखिएको बताउँदै एमालेले सदन अवरुद्ध गरेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर