४ असार २०७८, शुक्रबार
गृह दीपक मनाङे विपक्षी गठबन्धनतिर, गण्डकीका मुख्यमन्त्री संकटमा
दीपक मनाङे विपक्षी गठबन्धनतिर, गण्डकीका मुख्यमन्त्री संकटमा

काठमाडौं। गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिंदैछन्। वैशाख २७ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधानका कारण आज प्रदेश सभामा विश्वासको मत लिदै छन्।

तर सरकारमै सहभागी एकजना मन्त्री दिपक मनाङेविपक्षी गठबन्धनतिर लागेपछि गुरुङ भने संकटमा परेका छन्।


गण्डकीमा एमालेको वहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको हो। मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।

अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ।

गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी ९जसपा०का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । मनाङेले साथ दिएमा गुरुङ सरकार ढल्नेछ ।

Facebook Comments

हरेक खबर खास खबर