५ असार २०७८, शनिबार
गृह प्रदेश २ सरकारमा कांग्रेस पनि सहभागी, तीन मन्त्रीले लिए सपथ
प्रदेश २ सरकारमा कांग्रेस पनि सहभागी, तीन मन्त्रीले लिए सपथ

काठमाडौं। नेपाली काँग्रेस समेतलाई समेटेर प्रदेश २ को मन्त्रिपरिषद् विस्तार भएको छ। । सत्तारूढ जसपाले नेपाली कांग्रेसलाई तीन मन्त्रालय दिएर सरकारमा सहभागी गराएको हो।

कांग्रेसका तर्फबाट रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा बिकास र बिरेन्द्र सिंह महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रीको सपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा। राजेश झा ‘अहिराज’ ले पद तथा गोपनीयताको सपथ गराए।


नवनियुक्त मन्त्री यादव कांग्रेस कांग्रेस संसदीय दलका नेता हुन्। धनुषाबाट प्रत्यक्ष निर्वाचित उनी कांग्रेसबाट नेतृत्व गरी सरकारमा सहभागी भएका छन्। पर्सा घर भएका शर्मा समानुपातिक र सिंह सर्लाही ४ ‘क’बाट निर्वाचित सांसद हुन्।

पार्टी शीर्ष नेतृत्वमा आन्तरिक विवादसँगै उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेपछि जसपाले सत्ता साझेदारीका लागि कांग्रेस र माओवादी केन्द्रसँग छलफल अघि बढाएको थियो।

माओवादीलाई पनि सरकारमा सहभागी गराउने छलफल जारी राखेको प्रदेशका आन्तरिक मामिला तथा कानूनन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर