५ असार २०७८, शनिबार
गृह अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाको मृत्यु
अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाको मृत्यु

अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका–९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा भएको दुर्घटनामा भूमिकास्थान–९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएको हो। जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो।


गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर