१० असार २०७८, बिहीबार
गृह उत्तरी अफगानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु, १३ घाइते
उत्तरी अफगानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु, १३ घाइते

अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जना मारिएका छन्। बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन्।

उक्त घटनामा १३ जना कर्मचारीसमेत घाइते भएको बताइएको छ। अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाएपनि इस्लामिक स्टेट आइएसले सो घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।


अफगानिस्तानमा गत मे १ देखि हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन्।

अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

Facebook Comments

हरेक खबर खास खबर