४ असार २०७८, शुक्रबार
गृह वाग्मती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

काठमाडौं। बाग्मती प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा आज सार्वजनिक गरिने भएको छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।


त्यस्तै पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिने तयारी छ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ। वाग्मती प्रदेशमा प्रतिपक्ष दलले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर