३१ जेष्ठ २०७८, सोमबार
गृह नागरिकता अध्यादेशविरूद्धको सुनुवाइ आज
नागरिकता अध्यादेशविरूद्धको सुनुवाइ आज

काठमाडौं। नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथी आज सुनुवाई हँदैछ।

अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, मौलिक जरोकिलो पार्टीलगायतका ६ रिट दायर भएका छन्।


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गत आइतबार शुरू भएको यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

 

Facebook Comments
+ posts

हरेक खबर खास खबर