५ असार २०७८, शनिबार
गृह स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति कति?
स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति कति?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा नियुक्त गरिसकेपछि २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको सम्पूर्ण विवरण पछि उपलब्ध गराउने उल्लेख गरेका थिए।


उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ।

पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ।

त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन्। उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ।

Sher Sampati Bibran

Facebook Comments

हरेक खबर खास खबर