१० असार २०७८, बिहीबार
गृह प्रदेश २: नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै
प्रदेश २: नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै

काठमाडौं। प्रदेश–२ को सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।

दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ।


आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

यसअघि मङ्गलवारको प्रदेश सभा बैठकमा विपक्षी दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले पालिकालाई पठाएको ससर्त अनुदान सांसदहरुसँग सल्लाह नै नगरि पठाएको भन्दै बैठक अवरुद्ध गरेका थिए।

हिजो मुख्यमन्त्री लालबाबु राउतले ससर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर