४ असार २०७८, शुक्रबार
गृह चुडाल र प्रधानको इजलासमा कृष्ण थापाको मुद्दा
चुडाल र प्रधानको इजलासमा कृष्ण थापाको मुद्दा

काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही रोक्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ।

मंगलबार न्यायाधीश चुडालको एकल इजलासले सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।


सो मुद्दामा राष्ट्रिय जनमोर्चाले बुधबार पुनरावलोकन निवेदन दर्ता गराएको थियो।

Facebook Comments

हरेक खबर खास खबर