५ असार २०७८, शनिबार
गृह पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी सञ्चारमन्त्री बन्दै
पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी सञ्चारमन्त्री बन्दै

काठमाडौं। माओवादीबाट एमालेका प्रवेश गरेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकलाले सञ्चार मन्त्रालय पाएकि छन्।

प्रधानमन्त्रीले आज आफ्नो मन्त्रिमण्डलमा सात जना थपेर मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई गृहमन्त्री बनाउने भएका छन्।


यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादल लगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए । आज ७ मन्त्री सहित एक राज्यमन्त्रीले सपथ लिँदैछन्।

नैैनकलासँगैपूर्व माओवादीबाट ज्वाला शाह कृषि मन्त्री बन्न भएकी छन्।

यी ८ जना बन्दैछन् मन्त्री

नारदमुनी राना: वन तथा वातावरण
मोहन वानिया: विनाविभागीय
खगराज अधिकारी:गृहमन्त्री
नैनकला थापा: सन्चारमन्त्री
ज्वालाकुमारी साह:कृषी मन्त्री
राजकिशोर यादव, उद्योग मन्त्री
गणेश पहाडी: सामान्य प्रशासन मन्त्री
आशा विक: वन राज्यमन्त्री

Facebook Comments

हरेक खबर खास खबर